
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको बिहीवार विहानको ताजा मत परिणाम सार्वजनिक भएको छ ।
बुधवार साँझदेखि सुरु भएको मतगणनामा नेविसंघ समुहका राजकुमार यादवको अग्रता कायमै छ ।
चारवटा मतगणना केन्द्रमा अहिलेसम्म ९४२ मतपत्र गणना भएको छ ।
जसमध्ये सभापतिमा राजकुमार यादवले २४७ मत प्राप्त गरेका छन । त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन ।
मण्डलले अहिलेसम्म १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको ।
यसैगरी तेस्रो स्थानमा भने सुधिर पटेल समूहका उम्मेदवारले मत प्राप्त गरेका छन ।
यो समूहका उम्मेदवार कमलेश यादवले भने १३३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।