ट्रेन्डिङ

स्ववियु निर्वाचन परिणाम : ठाकुरराम क्याम्पसको सभापतिमा ५६ मतले यादवको अग्रता कायमै, पछ्याउदैँ मण्डल

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणना जारी छ । जारी गणना अनुसार नेविसंघका बागी उम्मेदवार राजकुमार यादवको अग्रता कायमै छ ।

निर्वाचन समिति स्रोतका अनुसार चारवटा मतगणना केन्द्रमा अहिलेसम्म ४७९ मतपत्र गणना गरिएको छ ।

ताजा मतपरिणाम अनुसार सभापतिमा राजकुमार यादवले १६९ मत ल्याएर अग्र स्थानमै छन ।

त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन । निर्वाचन समितिका अनुसार मण्डलले ११३ मत पाएका छन ।

मण्डल भने नेविसंघको आधिकारिक उम्मेदवार हुन । अन्य परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै