ट्रेन्डिङ

ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको २ सय ५२ मत गन्दा राजकुमार यादव अगाडि, पाए ६३ मत

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको पहिलो नतिजा सार्वजनिक भएको छ ।

चारवटा मतगणना केन्द्रमा अहिलेसम्म २५२ सय मतपत्र गणना गरिएको छ । दुइ सय ५२ मत गन्दा सभापतिमा राजकुमार यादवले ६३ मत प्राप्त गरेका छन् । उनी नेविसंघको बागी उम्मेदवार हुन् ।

त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन । निर्वाचन समितिका अनुसार मण्डलले ४४ मत पाएका छन ।

मण्डल भने नेविसंघको आधिकारिक उम्मेदवार हुन् ।

त्यसैगरी अर्का तेस्रो स्थानमा कमलेश यादवले ३६ मत प्राप्त गरेका छन भने हरिकिशोर यादवले २९ मत पाएका छन ।

जारी परिणाम अनुसार ३ वटा मत भने बदर भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै