ट्रेन्डिङ

पत्रकारको रोहबरमा गणना गर्न विद्यार्थी संगठनले अडान लिएपछि ठाकुरामको मतगणना अझ अनिश्चित

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना अझ अनिश्चित नै बनेको छ ।

विद्यार्थी संगठनका प्रतिनिधिहरुले पत्रकारको रोहबारमा गणना गर्ने अडान राखेपछि मतगणना रोकिएको हो ।

मतगणनाका लागि सहमति गर्दा पत्रकारहरुको उपस्थितिमा सुरु गर्ने अडान लिएपछि निर्वाचन समितिले ब्याक भएको हो ।

निर्वाचन समितिले पत्रकारको रोहबार मतगणना गर्ने सहमति नजनाएपछि गणनाको कार्य रोकिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मतगणनामा धेरै ढिलाइ भएको आलोचना आउन थालेपछि अहिले पत्रकार महासंघ समन्वय गरेर केही प्रतिनिधि राखेर सहमति गर्ने तयारी भइरहेको छ ।

पत्रकार महासंघको सहमति भइसकेपछि मात्रै गणना हुनेछ,’ गाणनामा सहभागी बद्री तिवारीले बताए । उनका अनुसार अहिले चार जना पत्रकार आइरहेका छन, हामीहरु उहाँहरुसंग सहमित गर्छौ ।

पत्रकारलाई कसरी रिपोर्टिङ गर्न दिने सहमति भइसकेपछि मात्रै गणना गर्ने संगठनहरुको अडान रहेकोले त्यो पूरा भएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनी बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै