ट्रेन्डिङ

बाहिरको प्रतिनिधि पठाउदा ठाकुरराम क्याम्पसको मतगणना स्थगित, आज कति बजेदेखि हुने ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मंगलबार हुने भानिएको मतगणना स्थगित गरिएको छ ।

स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबिच भएको छलफलले राती १० बजेदेखि मतगणना गर्ने सहमती भएतापनि निर्वाचन समितिले अचानक मध्यरातमा एक सूचना जारी गर्दै मतगणना स्थगनबारे जानकारी गराएको हो ।

ठाकुरराम स्ववियु निर्वाचन समितिका अनुसार सबै सङ्गठन तथा समूहले बाहिरको मतगणनामा बाहिरको प्रतिनिधि पठाएकोले मतगणना स्थगित गरिएको हो ।

निर्वाचन समिति प्रमुख दिलीप सिंहले मतगणनामा बाहिरको प्रतिनिधि पठाइएकोले मतगणना स्थगित गरिएको पुस्टि गरे ।

उनका अनुसार मंगलबार स्थगन गरिएको मतगणना बुधबार विहान १० बजेदेखि सुरु गरिनेछ ।

स्ववियु निर्वाचनमा मंगलबार बिहान ८ बजेबाट भएको मतदानमा कुल ४३०६ मत खसेको थियो ।

४ ठाउँबाट मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा भने १० हजार ७ सय २९ मतदाता थिए ।

स्ववियु सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।

स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जना उम्मेदवारी दिएपनि खासगरी कांग्रेसको बागी र आधिकारिक उम्मेदवारबिच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै