ट्रेन्डिङ

ठाकुरराम क्याम्पसको मतगणना राती १० बजेदेखि,  कति ठाउँबाट हुन्छ मतगणना ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना आजै केहि बेरमा सुरु हुने भएको छ ।

स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबिच भएको छलफलले राती १० बजेदेखि मतगणना गर्ने सहमती गरेको हो ।

स्ववियु निर्वाचनमा मंगलबार बिहान ८ बजेबाट भएको मतदानमा कुल ४३०६ मत खसेको थियो ।

४ ठाउँबाट मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा भने १० हजार ७ सय २९ मतदाता थिए ।

स्ववियु सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।

स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जना उम्मेदवारी दिएपनि खासगरी कांग्रेसको बागी र आधिकारिक उम्मेदवारबिच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै