ट्रेन्डिङ

जनकपुरको रामस्वरुव बहुमुखी क्याम्पससहित १५ आंगिक क्याम्पसलाइ स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन निर्देशन

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

विश्वविद्यालयले १५ वटा आङ्गिक क्याम्पसलाई स्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर यस्तो निर्देशन दिए ।

उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । 

निर्देशन दिएकामध्ये उपत्यकाका छ र उपत्यका बाहिरका नौ आङ्गिक क्याम्पस रहेका छन् ।

कुन कुन क्याम्पसलाइ निर्देशन ?

उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

यस्तै, उपत्यका बाहिरका  सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढाउन विश्वविद्यालयको निर्देशन छ ।

त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा चैत५ का लागि एकैदिन स्ववियु निर्वाचन घोषणा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै