ट्रेन्डिङ

जनमत पार्टीका अध्यक्ष सिके राउतको पहलमा नेपाल मलाह कल्याण संघको अनशन स्थगित

धनुषा । नेपाल मलाह कल्याण संघको अनशन स्थगित भएको छ। संघका पदाधिकारीहरूले बिहीबार (आज) अनशन तोडेका हुन्।

संघले २० बुँदे माग राख्दै गत फागुन २५ गतेदेखि अनशन सुरु गरेको थियो । तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पहलमा संघका पदाधिकारीहरुले अनशन तोडेका हुन् ।

अनशन तोड्ने क्रममा विभिन्न चारबुँदे निर्णय समेत गरिएको छ । जसअनुसार अब संघले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने जनाएको छ । यसैगरी आफ्ना पूरा गराउन नेपाल सरकारलाइ ज्ञापन बुझाउने तथा संसद भवनअगाडी प्रदर्शन गरिने बताइएको छ ।

यस्तै माग सम्बोधनका लागि नेपाल मलाह कल्याण संघ तथा विज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

समझदारीपत्रमा संघका अध्यक्ष नारायण मुखिया र जिल्ला प्रशासन कार्यालय, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै