काठमाडौं । नेपाल प्रहरी मुख्यालयले २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितको बैठकले दुइजना डीएसपीको बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले डीएसपीद्वय रबिन कार्कि र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।