काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले होली पछाडि बृहत आन्दोलन गर्ने तयारी गरेको छ ।
राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने उल्लेख गरेका छन् ।
उनले भन भनेका छन, ‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु ।’
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भव्य भएको समेत बताए । राप्रपाले यसअघिदेखि नै आन्दोलनको तयारीस्वरुप काठमाडौँसहित विभिन्न सहरमा प्रदर्शन गर्दै आएको छ ।