ट्रेन्डिङ

पूर्वराजा शाह समर्थकको र्‍यालीसहित निर्मल निवासतर्फ लम्किए, आजै नारायणहिटीमा भित्राउने तयारी

काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डौँ फर्किएका छन् । करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो उनी काठमाडौं फर्किएका हुन् ।

काठमाडौं फर्किने क्रममा राजावादीहरू सयौँको संख्यामा उनको स्वाागतका लागि त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए ।

उनी काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई र्‍यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाएका थिए ।

उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित महाराजगञ्जतिर लागेका छन् । आजै नारायणहिटीमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि जुलुससहित निर्मल निवासतिर लम्किएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न पुगेका थिए । कयौँ राजावादी नेताहरूले विमानस्थल पुगेर शाहको जयजयकार गरेका छन् ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थक र्‍यालीसहित निर्मल निवासतिर हिँडिसकेका छन् । गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा निस्केका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै