ट्रेन्डिङ

पूर्वराजाका समर्थकले आफ्नो जुलुसमा किन बोके भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्विर ?

काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जुटेका समर्थकले आफ्नो जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्विर प्रयोग गरेका छन् ।

पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग गरेका हुन् ।

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । रातोपाटीको क्यामेरामा कैद भएको योगी आदित्यनाथसहितको ब्यानरमा ‘राजसंस्था पुनस्र्थापना गरौँ’ नारा प्रयोग गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो राखेका छन् ।   

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाए । उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’ गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।

उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताएका थिए । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै