ट्रेन्डिङ

आफ्नै विद्यार्थीसंग वालयौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा एकजना शिक्षक पक्राउ

जनकपुर । प्रहरी कार्यालय सप्तरीले वालयौन दुरुपयोग गरेको कसुरमा एकजनालाई पक्राउ गरेको छ ।

दुइ दिन अगाडि आफ्नै विद्यालयका विद्यार्थीसंग वालयौन दुरुपयोग गरेको आरोपमा एकजना शिक्षकलाइ पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरीको, सप्तकोशी नगरपालिकास्थित गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका करारमा कार्यरत एक शिक्षकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

प्रहरीले धनुषा सबैला नगरपालिका वडा नम्बर–१२ घर भइ हाल सप्तकोशी नगरपालिकास्थितको गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउतलाई पक्राउ गरेको हो ।

आफ्नै विद्यालयका १६ वर्षीय नावालिकालाई वाल यौन दुरुपयोग गरेको उनीमाथि आरोप लगाउदै जाहेरी परेको थियो ।

सोही जाहेरीका आधारमा राउतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जनाए ।

शिक्षक राउतले वाल यौन दुरुपयोग गरेको प्रहरीमा उजुरी आयो, त्यस लगत्तै हामीले अनुसन्धान गरेर नियन्त्रणमा लियौं,’एसपी खतिवडाले भने ।

पक्राउ परेका राउत गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका क्म्प्यूटर शाखातर्फका करार शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै