जनकपुर । सरकारले ठुलो संख्यामा उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पदस्थापन र सरुवामा मधेस प्रदेशमा ६ जनाको जिम्मेवारी हेरफेर गरिएको छ ।
बढुवा भएका ३९ सहसचिवको पदस्थापन र ५३ सचिवको सरुवामध्ये मधेस प्रदेशका ६ जना परेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पदस्थापन र सरुवामा मधेसको निजगढ नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृतमा युवराज आचार्य, हनुमाननगर कन्काली नगरपालिका सप्तरीमा मनोजकुमार ठाकुरको सरुवा भएको छ ।
यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा पुरुषोतम ढकाल, सर्लाहीको बागमती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा माधव प्रसाद ढकाल, सर्लाहीकै मलंगवा नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा रामाश्रय यादवको सरुवा भएको छ ।
त्यसैगरी मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रविचन्द्र पंजियारको सरुवा भएको छ ।
कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरिएको र विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ ।