ट्रेन्डिङ

पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार, वार्डमा सारियो

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

हृदयाघातपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।

अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको पुष्टि गरे । सुधार आएको कारण उनलाई मंगलबारदेखि वार्डमा सारिएको उनले बताए ।

उनले भने, ‘उहाँको अवस्था निकै सुधार भएको छ, अहिले प्राइभेट वार्डमा सारिएको छ ।’

पटकपटक हृदयाघात दोहोरिएकाले चिकित्सकको विशेष निगरानीमा केही दिन उनको अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।

नर्भिक अस्पतालमा डाक्टर यादव भट्ट नेतृत्वको टोलीले पारसको उपचार गरिरहेको छ ।

आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए, त्यसलगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै