ट्रेन्डिङ

राजधानी काठमाडौंमा २० दिनमा दुइपटक फुट्यो खानेपानीको पाइप, कति लिटर खेर गयो मेलम्चीको पानी ?

काठमाडौं । राजधानी काठमाडौंमा खानेपानीको पाइप फुट्दा लाखौं लिटर पानी खेर गएको छ ।

देशको राजधानी काठमाडौंमा दुइपटक खानेपानीको पाइप फुट्दा करिब १५ लाख लिटर पानी खेर गएको जनाइएको छ ।

गएको २० दिनमा काठमाडौंका दुइ ठाउँमा गरी दुइपटक खानेपानी पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

राजधानीको थापाथली चोक र बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुटेको केयुकेएलले जानकारी दिएको छ ।

यी दुइवटै ठाउँमा पाइप फुट्दा करिब १५ लाख लिटर पानी खेर गएको केयुकेएलको आँकडा छ ।

केयुकेएलका अनुसार आज (मंगलबारं विहान थापाथली चोकमा खानेपानीको पाइप फुट्दा ५ लाख लिटर र गएको ३० माघमा बबरमहलमा पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो ।

थापाथली चोक नजिकको फुटेको पाइप भने केही समयमै बन्द गर्न सफल भएकोले धेरै पानी खेर नगएको केयुकेएलले जानकारी दिएको छ ।

केयुकेएलका अनुसार बिहानै ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए । पाइप फ्ट्दा सडक र सडक पेटमा क्षति पुगेको थियो । सडकमा ढुंगा–माटो र गिट्टी थुप्रिएको थियो ।

तर अहिले ती प्रभावित क्षेत्रमा मर्मत तथा सरसफाइको कार्य भइसकेको बताइन्छ ।

पाइप लाइन किन फुट्यो भन्ने पत्ता लागिनसकेको जनाइएको छ । यद्यपी, कालोपत्रे सडक नै फुटाएर पानी बाहिर आएकोले पानीको चापका कारण फुटेको अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै