ट्रेन्डिङ

रौतहटबाट छुटेको बसबाट हतियार र गोली बरामद, दुइ जना पक्राउ

वीरगन्ज । हतियारसहित मकवानपुरबाट दुइ जना भारतीय पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा हेटौँडा-१५ रातोमाटे चेकप्वाइन्टबाट प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पूर्व पश्चिम सडकखण्डमा गौरबाट चितवनतर्फ जादैँ गरेको ना ८ ख. ८७७३ नम्बरको बसलाई रोकेर प्रहरीले जाँच गरेको थियो । सोही क्रममा बसमा सवार उनीहरुको साथबाट हतियार तथा गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारत बिहार मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षका दिपक कुमारलाई पक्राउ गरेको जनायो ।

उनीहरुमध्ये धिरजको साथबाट १ राउण्ड गोली लोड भएको  ९ एमएमको अटो पेस्तोल र थप २ थान गोली गरी जम्मा ३ थान गोली फेला पारेको मकवानपुर प्रहरीले बतायो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै