वीरगन्ज । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफ.एम.को कार्यकारी निर्देशकमा शिवनाथ यादवलाई नियुक्त भएका छन् ।
वीरगन्जको रेस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जको कार्यकारी निर्देशकमा यादवलाई नियुक्त गरिएको नारायणी एफएमले जानकारी दिएको छ ।
यही माघ ८ गते बसेको रेस नेपालको सञ्चालक समितिको बैठकले यादवलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्थाका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
२०६६ सालदेखि नारायणी एफ.एमको कार्यक्रम प्रस्तोता, समाचार वाचक र कार्यक्रम संयोजकको जिम्मेवारी भूमिका निर्वाह गरिसकेका यादवलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
कार्यकारी निर्देशक नियुक्त भएका यादवलाई बधाई तथा शुभकामना दिदै सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटाले नारायणी एफ.एमलाई थप उचाईमा पु¥याउन यादवको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सचिव अरविन्द सिंहले अहिलेको अवस्थामा रेडियो सञ्चालनमा धेरै चुनौतीहरु रहेकोले यसको दीगोपनका लागि नयाँ आर्थिक स्रोतको खोजी गर्नुपर्ने आवश्यकता रहेको औल्याएका थिए ।
कोषाध्यक्ष अधिवत्ता कमलमोहन पोखरेलले सामुदायिक रेडियो नारायणी एफ.एम.आम श्रोताको लोकप्रिय रहेको र यसलाई अझ लोकप्रिय बनाउनका लागि सामूहिक पहल कदमी आवश्यक रहेको सुझाव दिएका थिए ।
नवनियुक्त कार्यकारी निर्देशक यादवलाई भने संस्थाको गरिमा उच्च बनाउने काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवनियुक्त यादवलाई सञ्चालक समितिले आज नारयाणी एफ.एम.मा उनलाई स्वागत गरेको थियो ।