६ असोज, वीरगन्ज । पर्सा प्रहरीले ५२ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट एरियाबाट प्रहरीले ना ७ ख ७४२४ नम्बरको ट्रक बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा ट्रकमा५२ लाख २२ हजार ९२४ रुपैँया बराबरका सामान भन्सार ल्याउदैँ गरेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।
उनका अनुसार आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा ट्रकबाट बिल बिजक भन्दा बढीका ‘ट्रलीसहितको हार्ड सुटकेस’ बरामद भएकोले पक्राउ गरिएको हो ।
बरामद सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको प्रहरी बताँउछ ।