काठमाण्डौँ । अमेरिका पठाइदिन्छु भन्दै लाखौँ रुपैँया ठगी गरेको आरोपमा मधेस प्रदेशका दुइ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रदेश राजधानी धनुषा विदेश घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने बिशाल ठाकुर र सिरहाको सिरहा नगरपालिका–८ घर भई काठमाण्डौँ महानगरपालिका–३२ बस्ने रमेश कुमार ठाकुर छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभन देखाई दुइ जनासँग २१ लाख रुपैँया लिई फरार भएका थिए । पीडितहरुले दिएको उजुरीको आधारमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि बैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।