ट्रेन्डिङ

फागुन १२ गतेदेखि पर्साको पोखरीयामा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने

पर्सा । यहि फागुन १२ गतेदेखि पर्साको पोखरीया नगरपालिकामा दुइवटा सरकारी कार्यालय सञ्चालनमा आउने भएको छ ।

नगरपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनमा आउने भएको हो । जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै यी कार्यालयहरु सञ्चालनमा ल्याउन थालिएको जनाइएको छ ।

सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताए । उनका अनुसार पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्षित गरेर कार्यालयको सेवा विस्तार गर्न लागिएको हो । यी कार्यालयहरु सञ्चालनमा आएसँगै अब सेवाका निम्ति वीरगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ ।

कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुने बताइन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै