ट्रेन्डिङ

नेपाल विद्युत् प्राधिकरणले लाइन बिछ्याउने क्रममा गल्ती गर्दा पाइप फुट्यो : खानेपानी मन्त्री

काठमाण्डौँ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची आयोजनाको पाइप फुटेको बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनका अनुसार विद्युत् प्राधिकरणको हामी र केयूकेएलसँग नसोधि काम ग¥यो । त्यसकै कारणले यस्तो घटना घटेको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको उनको भनाइ छ ।

उनले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै