ट्रेन्डिङ

मेलम्ची आयोजनाको मुख्य पाइप फुुट्यो, बबरमहल क्षेत्र जलमग्न

अदालतमा पानी पस्दा सुनुवाई रोकियो

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेको छ । बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक फुटेर भित्र पसेपछि अहिले बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

आयोजनाका मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

उनका अनुसार अहिले त्यहाँ बिजुली पनि छैन । अदालतको भुइँतला सबै डुबेको छ । सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका उनको भनाइ छ ।

अदालतभित्रै पानी पसेपछि चलिरहेको सुनुवाइ पनि स्थगित गरेको उनको जिकिर छ । उनीहरूलाई सुरक्षार्थ खटिएका प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

प्रहरीका अनुसार काठमाण्डौँ जिल्ला अदालत अगाडीको पाइप फुटेको छ । पाइप फुटेपछि अन्य सरकारी कार्यालयहरुसमेत जलमग्न छन् । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

यस्तै बबरमहल आसपासका बस्तीहरुमा समेत बाढी पसेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै