ट्रेन्डिङ

पर्साको बहुदरमाईका विद्यालयमा पठनपाठन सूचारु, तलब भत्ता नपाए पूनः कडा आन्दोलन गर्ने चेतावनी

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन सूचारु भएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै यसबारे बताएको हो ।

नगरपालिकाका विद्यालयका शिक्षक, कर्मचारीहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण महिनादेखि हाल सम्म तलव–भत्ता र विद्यालय सञ्चालन खर्च नपाएका भन्दै माघ ६ गते देखि विद्यालय बन्द गरी विद्यालयका चाँबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए । तर माध्यमिक शिक्षा परीक्षा अर्थात् यसवर्षको एसईई परीक्षालाई मध्यनजर गर्दै विद्यालयमा पठनपाठन सूचारु गर्ने निर्णय भएको समितिका पर्सा जिल्ला अध्यक्ष तीर्थराज प्रसाद यादवले बताए ।

उनले पालिका अन्र्तगतमा सम्पूर्ण विद्यालयका कर्मचारीहरु, शिक्षक/शिक्षिका/बालविकास सहयोगी कार्यकर्ता लगायतको तलब भत्ता तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् । यसैगरी विद्यालय सञ्चालनका लागि लाग्ने समेत यथासिघ्र उपलब्ध गराउन उनीहरुको माग छ ।

शिक्षकहरुको मागलाई बेवास्ता गरिए पूनः कडा आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै