ट्रेन्डिङ

शान्दार म:म पसलमा ग्यास विस्फोट प्रकरण : घाइते दुई जनाको मृत्यु

काठमाण्डौँ । काठमाण्डौँको कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको ज्यान गएको हो ।

उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते थप ९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै