ट्रेन्डिङ

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाण्डौँ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार प्रधानमन्त्रीविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

ओली नेतृत्वको वर्तमान सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोप छ । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गरी फागुन ४ गते पेसी तोकेको अर्यालले जानकारी दिए । अधिवक्ता अर्यालले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले अनवरत रूपमा अवरोध सिर्जना गरेको उल्लेख गरेका छन् ।

निवेदक अर्यालले अदालतको अवहेलनामा संलग्न कसुरदार प्रधानमन्त्री ओलीलाई गर्न माग गरेका छन् । उनले फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै