ट्रेन्डिङ

ठमेल प्रकरण : ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकाविरुद्ध पाँच दिन म्याद थप

काठमाण्डौँ । काठमाण्डौँको ठमेलमा ड्युटीका खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद थप गरिएको छ ।

ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले म्याद थप गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको प्रहरीले जनाएको छ ।

आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । उनीहरु दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै