ट्रेन्डिङ

जनकपुरको रामानन्द चोकमा मसाल जुलुससहित प्रदर्शन

धनुषा । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्घ प्रदर्शन गरिएको छ ।

मधेस प्रदेश राजधानी जनकपुरको रामानन्द चोकमा आज साँझ मसाल जुलुससहित प्रदर्शन गरिएको हो । जुलुसमा सहभागीहरुले विभिन्न नाराबाजी गर्दै विद्येयक फिर्ता लिनुपर्ने माग उठाएका छन् ।

अखिल क्रान्तिकारी रा.ज.वी, रा.रा.ब क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागीहरुले विधेयकप्रति आपत्ति जनाउँदै यसको हरेक बुँदाहरुमा सजाय र जरिवानाको व्यवस्था रहेकोले यसले नागरिक स्वतन्त्रताको हनन गर्ने बताए । उनीहरुले सञ्चार मन्त्री विरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन चेतावनी समेत दिएका छन् ।

यो विद्येयकले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई खोक्राउने उनीहरुको भनाई छ ।

उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्नो विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

युवाहरूले सरकारलाई नागरिकहरूको आवाज सुन्न र यो विधेयक फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूले यो  विधेयकलाई लोकतन्त्र र मानव अधिकार विरोधी बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै