ट्रेन्डिङ

सर्लाहीबाट ७४ लाख ८६ हजार मूल्यसहितको कन्टेनर पक्राउ

सर्लाही । सर्लाहीबाट प्रहरीले भारी परिमाणमा सामानसहितको ट्रक पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका वडा नम्बर १२ चेकपोष्टबाट सामानसहितको ट्रक पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले काठमाण्डौँबाट मोरङका लागि छुटेको प्र ३–०१–००५ ख ९५२२ नम्बरको कन्टेनर ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका रेडिमेट कपडा, जुत्ता, मेसिनरी पार्टस लगायतको बिल शंकास्पद देखिएकाले सामानसहित ट्रक पक्राउ गरिएको प्रहरीले जनायो ।

पक्राउ गरिएका सामानको मूल्यांकन ७४ लाख ८६ हजार ४२५ रुपैँया कायम गरिएको छ । बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सर्लाहीले प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै