ट्रेन्डिङ

पर्सा प्रहरीले झण्डै दुइ करोड मूल्यका सामानसहितको ट्रकहरु राजश्व अनुसन्धान कार्यालय पथलैया बुझायो

वीरगन्ज । पर्सा प्रहरीले झण्डै दुइ करोड मूल्य बराबरका सामानसहितको ट्रकहरु राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

प्रहरीले एक करोड ९५ लाख ४९२ मूल्य बराबरका साइन्टेफिक क्यालकुलेट तथा हेयर ट्रिमर लोड रहेका ट्रकहरु राजश्व अनुसन्धान कार्यालय बुझाएको हो ।

प्रहरीले विशेष सूचनाको वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा बा १ ख ९९०९ र ना ६ ख ५४९१ नम्बरको दुइटा ट्रकहरु रोकेर जाँच गरेको थियो । सोही क्रममा वीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेका उक्त ट्रकहरुमा लोड रहेका सामानको बिल बिजकमाथि आशंका लागेकाले पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।

उनका अनुसार बरामद सामानसहितको ट्रकहरु आवश्यक अनुसन्धानका लागि आज राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै