ट्रेन्डिङ

मधेस सभाको आज बैठक बस्दै, यस्तो छ कार्यसूचि

जनकपुर । मधेस प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभामा दिउँसो १ बजेदेखि बैठक बस्ने कार्यसूचि छ ।

चौथो अधिवेशन अन्तर्गतको बैठक बस्न लागेको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बताए ।

उनका अनुसार प्रदेश सभाको नियमित कार्यतालिका अनुसार बैठब बस्न लागेको हो । आइतबारको प्रदेश सभाको बैठकमा तीनवटा कार्यसूचि रहेको जनाइएको छ ।

प्रदेश कृषि विकास विधेयक, उद्योग सरोकार विकास प्रवद्र्धन विधेयक र नीति आयोगसंग सम्बन्धित संशोधन विधेयक टेबल हुने कार्यसूचि रहेको सभामुखको कार्यालयले जनाएको छ ।

सभाुमख मण्डलका अनुसार सदनमा टेबल हुने विधेयकमध्ये प्रदेश कृषि विकास विधेयक पारित हुन्छ भने बाँकी दुइवटा विधेयक टेबल हुने कार्यसूचि छ । त्यसपछि टेबल भएको विधेयकमा छलफल हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै