ट्रेन्डिङ

एक हजार ५७ रुपैयाँ जरिवाना नतिर्दा ११ जना फरार प्रतिवादी पक्राउ

५ रुपैयाँदेखि २ सयसम्म अदालतबाट जरिवाना

रौतहट । विभिन्न मुद्दामा फैसला भएका एक हजार ५७ रुपैयाँ जरिवाना नतिर्दा रौतहटमा एघार जना पक्राउ परेका छन् ।
रौतहट प्रहरीले पाँचदेखि दुइसयसम्म अदालतबाट जरिवाना भएका एघार जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा ५ रुपैयाँदेखि २ सयसम्म जरिवाना भएका फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मुद्दाका फरार ११ जना प्रतिवादीलाई पक्राउ गरिएको भनिएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ – अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।

जसामा बढी गरी किर्ते जालसाजीका ९ जना र गाली बेइज्जतीका एक र कुटपिट मुद्दाको एकजना फरार प्रतिवादी रहेको भनिएको छ ।

प्रहरीको टोलीले किर्ते मुद्दाका शेख अजिज मियाँ दर्जी, जमिल अख्तर, शेख बनु, शेख हबुब, गाली बेइज्जतीका शेख टइट र कुटपिटका रामबिलास पटेललाई पक्राउ गरेको छ भने किर्ते जालसाजी मुद्दाका जगामाझी मुसहर, बाबुलाल माझी, धुनिया मुसहर्नी र कैलास माझीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमध्ये अदालतबाट भएको फैसलामा एक जनालाई पाँच रुपैयाँ, ४ जनालाई जनही ८÷८ रुपैयाँ तथा एकजनालाई २० रुपैयाँ र पाँचजनालाई जनही २÷२ सय रुपैयाँ जरिवानाको भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

अर्थात् ११ जनाबाट कुल १ हजार ५७ रुपैयाँ जरिवाना असुल्न गर्ने फैसला भएको विज्ञप्तिमा भनिएको छ ।

सोही जरिवानाको फैसला अनुसार सबैलाई पक्राउ गरिएको रौतहट प्रहरीका निमित्त प्रवक्ता उमाशंकर प्रसादले जनाए । उनका अनुसार अदालतबाट भएको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि रौतहट अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै