वीरगन्ज । मधेस प्रदेशका प्रहरी डिआइजी लालमणि आचार्यले पर्साको ठोरी प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
डिआइजी आचार्यले शनिबार विहान इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण गरेका हुन । स्थानीय प्रहरीको काम कारबाही र बसोबासको अवस्थाबारे निरीक्षण गरिएको डिआइजी आचार्यले मधेस सञ्चारले बताए ।
उनका अनुसार संगठनको नीति अनुसार स्थानीय प्रहरी कतिको चलेको छ, त्यसबारे निरीक्षण तथा स्थानीयसंग भेटघाट गरिएको हो ।निरीक्षणका क्रममा ठोरी इप्रका नजिकका स्थानीयसंग प्रहरीको कामकारबाहीबारे सोधपुछ समेत गरिएको डिआइजी आचार्य बताउँछन् ।
उनका अनुसार सोधपुछका क्रममा स्थानीयले प्रहरीको कामकारबाही प्रशंसा योग्य रहेको सुनाएका छन् ।
स्थानीयले डिआइजीलाई भनेका छन्, ‘सूचना दिए लगत्तै प्रहरी एक्सनमा आउँछ, हामीलाई अहिलेको प्रहरी नेतृत्वसंग कुनै अप्ठयारो छैन । नीति अनुसार सब काम सहजै हुने गरेको छ, त्यसकारण हामी सन्तुष्ट छौं ।’
स्थानीयको गुनासो सुनिसकेपछि डिआइजी आचार्यले प्रहरी अधिकारी तथा जवानहरुलाई कानुन भन्दा बाहिर गएर कुनै काम नगर्न निर्देशन दिएको जनाइएको छ ।
जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिँदै डिआइजी आचार्यले भनेका छन्, ‘ कानुन बमोजिम जनताको काम हुनुप¥यो, सेवामा कुनै ढिलाई हुहनुहुँदैन । अनि तस्करीसहित अन्य अपराधिक गतिवधिमा अझ बढी चनाखो भएर सतर्कताका साथ काम गर्नुहोला ।’
ठोरीमा इलाका प्रहरी कार्यालयसंग भवनको समस्या रहेकोले साही अवस्थाबारे अवलोकन गर्न टोलीले आएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार प्रदेश सरकारबाट भवन निर्माणका लागि बजेट आउन लागेको हो, साहीका लागि निरीक्षण गरिएका हो ।