ट्रेन्डिङ

सर्लाहीमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादीले मसाल जुलुससहित प्रदर्शन गरेका छन् । मेयर र उपमेयरलाई फसाउन खोजिएको भन्दै माओवादी समर्थित कार्यकर्ताले आज साँझ मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उपमेयर लिला कुमारी मोक्तानलाई झुटा मुद्दा लगाएर खोजिएको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ नाराबाजी गरेका थिए ।

माओवादी केन्द्र सर्लाहीले हिजो आइतबार पनि जिल्लामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको थियो । बागमतीमा मेयर थापा र उपमेयर मोक्तानमाथि नगर क्षेत्रको पर्ती जग्गामा सुकुमबासी बस्ती बसाएको आरोपमा मुद्दा दर्ता भएको छ।

जिल्ला वन कार्यालयले मेयर र उपमेयरविरुद्ध वन मुद्दा दायर गरेको छ, जसकारण माओवादी केन्द्र सडकमा ओर्लिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै