वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत शिविर आयोजा गरिएको हो ।
वीरगन्ज महानरपालिका-३ छपकैयामा सम्पन्न शिविरमा एक सय १२ जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये २७ जनामा मोतियाबिन्दुको समस्या देखा परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।
उनका अनुसार शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी नेतृत्वको चिकित्सकको टोलीले चेकजाँच गरेका थिए । मोतियाबिन्दु भएकाहरुको सोही आँखा अस्पतालमा निशुल्क अपरेसन गरिनेछ ।
जनमत पार्टी पर्साले स्वास्थ्य क्षेत्रमा कम पँहुच पुगेका, गरिब, सर्वसाधारणलाई मध्यनजर गर्दै जिल्लाका ग्रामिण नाकाहरुमा निशुल्क आँखा चेकजाँचको अभियान सुरु गरेको हो ।
कुनै पनि नागरिक स्वास्थ्य सेवा लिनबाट बञ्चित नरहुन् भन्ने हेतुले अभियान चलाइएको अध्यक्ष सरार्फको भनाई छ ।
शिविरबाट अभियानको पहिलो दिनदेखि ८०० भन्दा बढी सर्वसाधारणले लाभ उठाइसकेका छन् । अभियान अझै निरन्तर चल्ने जनमत पार्टी पर्साले जानकारी दिएको छ ।