वीरगन्ज । वीरगन्ज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले आफ्नो बारेमा गलत समाचार सम्प्रेषण गरिएको बताए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।उनका अनुसार यथार्थ नबुझी मेरो बारेमा गलत समाचार केही मिडियाहरुले प्रकाशन गरेर नियतबस आफ्नो चरित्र हत्या गर्न खोजेको देखिन्छ ।
उनले भने, ‘सुनौलो साझा ढुवानी सेवामार्फत एक व्यापारीले २२ पोका कपडा वीरगंज भन्सारबाट राजस्व तिरी ल्याएको थियो, सोही सामान डेलिभरी दिन पिकअपमा ११ पोका लोड गरी लैजाने लागेका थियौं । तर यही बेला ललितपुर जिल्लामा कार्यरत एक घुमुवा महिला प्रहरीको टोली आइपुग्यो, त्यसपछि पिकअप लैजान खोज्दा ट्रान्सपोर्टको स्टाफले लैजाने भए सबै सामान लैजानुस भनेपछि बिबाद भएको हो ।’
त्यसपछि हामी आफैले बिभागको कर्मचारीलाइ बोलाएर हाम्रो सल्लाहमै राजश्वको निगरानीमा राख्न लगाएका हौं,’ उनले भने ।
उनका अनुसार घटना यति हो, तर केहि मिडियाहरुले त्यसलाइ बढाइचढाइ गरेर उल्टो पारी मेरो बारेमा अफवाह फैलाउने काम गर्यो ।
त्यति मात्रै नभइ अरूको नाममा भएको ट्रान्सपोर्टसमेत मेरो हो भनी जबरजस्ती समाचार लेखेर मानमर्दन गर्ने काम गरिएको अध्यक्ष पोखरेल बताउछन ।
त्यसकारण म अब कानुनी उपचारको लागि प्रकृया अगाडि बढाइसकेको उनले जनाए ।