ट्रेन्डिङ

वीरगन्जको आर्थिक क्षेत्रको सुधारका लागि अर्थमन्त्रीसँग छलफल

वीरगन्ज । वीरगन्जको आर्थिक क्षेत्रको सुधारका लागि छलफल गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुधबार यसबारेमा छलफल गरिएको हो ।

अर्थ मन्त्रालयमा भएको छलफलमा वीरगन्ज बजारलाई चलायमान बनाउन, भन्सार प्रक्रियामा सुधार, कर प्रणालीको सरलीकरण, उधारो कानुनको व्यवस्थापन लगायतबारे छलफल गरिएको जनाइएको छ ।

नेपालको प्रमुख आर्थित एवम् व्यापारीक नगरी बीरगन्ज भएकाले यस क्षेत्रको आर्थिक नीति तथा संरचनात्मक सुधारले देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

उपप्रधानमन्त्री पौडेलले प्रस्तुत सुझाव र समस्याहरूको समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । उनले बीरगन्जको व्यापार र उद्योगलाई पुनः सक्रिय बनाउने दिशामा महत्वपूर्ण योगदान दिने धारणा राखे ।

छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सांसद प्रभु हजरा, निर्मला देवकोटा तथा नेकपा एमाले पर्साका सचिव महेश दास लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै