काठमाण्डौँ । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुइ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मंगलबार दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मधेस प्रदेशको सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ७ का कृष्ण यदुवंशी र गोरखाका राजेश बराम रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार लिएर फरार भएका थिए ।
पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको जनाइएको छ ।