जनकपुर । लामो समयपछि मंगलबारदेखि मधेस प्रदेश सभाको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि प्रदेशसभाको चौथो अधिवेशन सुरु हुने कार्यतालिका छ ।
तर दलहरुको बैठक अझ नसकिएकोले कही समय ढिलो हुने प्रदेशको सचिवालयले जानकारी दिएको छ । चौथो अधिवेशनको पहिलो बैठकमा दुइवटा कार्यसूचि राखिएको प्रदेश सभाको कार्यालयले जनाएको छ ।
शुभकामना संदेश र पर्यटन विधयेकमाथिको दफवार छपलफको लागि प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि रहेको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बताए । उनका अनुसार सुरुमा अधिवेशन सुरु भएको शुभकामना संदेश दिइन्छ, दलीय आधारमा प्रदेशसभाका सदस्यहरुले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ ।
त्यसपछि पयर्टन विधेयकमाथि छलफल गरिनेछ । बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूचि छ ।
प्रतिवेदन प्रस्तुत भइसकेपछि यो विषयमा दफावार छलफल गर्ने कार्यसूचि रहेको प्रदेश सभाको सचिवालयले जनाएको छ ।