काठमाण्डौँ । भुुकम्पबाट भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
आज बिहान चिन केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पले नेपालमा पुर्याएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको जनाइएको छ ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो । केही जिल्लाका एक, दुईटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ ।