ट्रेन्डिङ

बाराका एसपी महेन्द्र खड्कालाई रामराजा क्याम्पसले गर्‍यो सम्मान

वीरगन्ज । बारा प्रहरीका प्रमुख एसपी महेन्द्र खड्का सम्मानित भएका छन् । उनलाई रामराजा मोहन बिक्रम शाह बहुमुखी क्याम्पसले सम्मानित गरेको हो ।

क्याम्पसको ४३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस एवम् १७ औं क्याम्पस सभामा जिल्ला प्रहरी कार्यालय एसपी खड्कालाई सम्मानित गरिएको हो । उनलाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उक्त क्याम्पसका पुर्व क्याम्पस प्रमुख स्व.हरिभूषण कुशवाहाको हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेकोमा प्रहरी उपरीक्षक खड्कालाई सम्मान गरिएको बताइएको छ ।

गत वर्ष जेठ ३२ गते बारा कलैयाको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै