वीरगन्ज । श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल प्रतियोगितामा दुइटा खेलहरु सम्पन्न भएका छन् । वीरगन्जस्थित डिएभी रुकमिणी बनारसी केडिया स्कुलमा जारी प्रतियोगितामा आज दुईटा खेलहरु सम्पन्न भएका हुन् ।
प्रतियोगितामा आज मुनलाइट स्कुल र लिटिल फ्लावर बिजयी भएका हुन् । आज भएको पहिलो खेलमा मुनलाइट माविले ज्ञानदा एकेडेमीलाई पराजित गरेको हो । मुनलाइटले ८–२ को अन्तरले ज्ञानदालाई हरायो ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा लिटिल फ्लावरले डिपिएसलाई हराएको छ । उसले डिपिएसलाई ५–३ गोल अन्तरले पछि पारेको हो ।
खेलमा मुनलाइट स्कुलका एलेकश तामाङ तथा लिटिल फ्लावरका निशान पुडासैनी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा वीरगन्जका १२ वटा विद्यालयको सहभागीता छ । प्रतियोगिता भोलीदेखि समापन हुदैँछ ।