ट्रेन्डिङ

भारतको जम्मुमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु

काठमाडौं । भारतको जम्मु कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ।

जम्मू कश्मीरको पुन्चमा १८ सैनिक बोकेको सेनाको भ्यान ३५० फिट गहिरो खाडलमा खसेको थियो। जसमा सवार ५ सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

मराठा रेजिमेन्टका ति सैनिकहरू हिजो साँझ नियन्त्रण रेखा ९एलओसी० तर्फ गइरहेका थिए। बलनोई क्षेत्रको घोडा पोष्ट नजिक चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटना भएको हो।

घटनास्थलबाट १३० मिटर मात्र टाढा सेनाको पोष्ट थियो। यसअघि पनि केही दिन अघि सेनाको भ्यान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै