ट्रेन्डिङ

गरुडाको ९ वडामा न्यानो वितरण अभियान

रौतहट । रौतहटमा न्यानो वितरण अभियान सञ्चालन गरिएको छ । गरुडा नगरपालिका आफ्ना मातहतका ९ वटा वडामा न्यानो वितरण अभियान सञ्चालन गरिएको हो ।

पालिकाअन्र्तगतका गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै सिरक वितरणको अभियान चलाइएको हो । सिरक वा कम्बलको अभावमा कोही पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको हो ।

हालसम्म पालिकाले वडा नम्बर ९ को सिसवा, श्रीपुर र नगरकटिया टोलमा रहेका एक सय २५ जना अति गरीब र विपन्न परिवारलाई सिरक वितरण गरिसकिएको जनाएको छ । यस्तै वडा नम्बर ३ र ९ का चार सय विपन्न परिवारलाई समेत सिरक वितरण गरिएको जनाइएको छ ।

सिरक पाइसकेका र क्रमशः सम्पूर्ण वडामा सिरक वितरण गरिने जानकारी पाएपछि वडाका विपन्न परिवार खुसी देखिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै