वीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । क्लासिक ब्याङक्वेटको सभाहलमा आज भेला सम्पन्न भएको हो ।
सम्पन्न भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध निर्वाचित गर्दै आठ सदस्सीय जिल्ला समिति गठनसमेत गरेको छ । जसको उपासभापतिमा तुलसा पौडेल, सचिव सुदिश प्रजापति, सहसचिव कृष्ण पासवान छन् ।
यसैेगरी सदस्यहरुमा दीलिप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेल चयन भएका छन् ।
पार्टीका केन्द्रिय उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । डा. वाग्लेले भेलाबाट निर्वाचित सम्पूर्णलाई शपथ ग्रहण समेत गराएका थिए ।