काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दायर गरिएको छ ।
उनीविरुद्ध विभिन्न ३ कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले जानकारी दिइन् ।
उनका अनुसार लामिछानेमाथि सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको हो ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ ।