वीरगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधी जनकपुर बोल्टर्सले उचालेको छ । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधी हात पारेको हो ।
कीर्तिपुर क्रिकेट मैदान सुदूरपश्चिमले दिएको लक्ष्य जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ओभरमा पूरै विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो ।
टोलीका लागि लाहिरु मिलन्था नायक बने । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।
खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो । आसिफ शेख र लाहिरु मिलान्थाले अर्धशतकीय साझेदारी गरे । उनीहरुले ७ ओभरमा ७३ रन जोडे ।
कप्तान शेख १९ बलमा ३३ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र २ छक्का प्रहार गरे । उनी सैफ अली जेबको बलमा क्याच आउट हुन पुगे । लगत्तै मोहम्मद मोहसिन पनि ९ रन आउँदै आउट हुन पुगे ।
हर्ष ठाकरले ३० रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्याए । जेम्स निसम ४ रन बनाउँदै पभेलियन फर्किन बाध्य भएका थिए ।
यसअघि, टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो ।
भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए । उनले ८ बलमा १ छक्का प्रहार गरे ।
लगत्तै, ब्रान्डन म्यामुलन पनि आउट भए । उनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरीले ठुलो योगदान दिन सकेनन् । उनी ९ रन बनाएर आउट भए । । सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए ।
त्यसपछि नरेश बुढाऐयर ८ रन तथा ईशान पाण्डेले ६ रन बनाएर पभिलियन फर्किए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले यस क्रममा ४० रन खर्चिए । त्यस्तै, किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
जनकपुरका लागि फेरि एकपटक ललित राजवंशीले किफायती बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले १० खेलमा १७ विकेट लिएका छन् । जेम्स निसमले पनि एक विकेट लिए ।