वीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग झण्डै ५ सोधपुछ गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सभापति लामिछानेसँग झण्डै ५ घण्टा सोधपुछ गरेको हो ।
कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा सोधपुछ गरेका हुन् । बिहान ९ बजेदेखि सुरु भएको सोधपुछ पौने २ बजेमात्र सकिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।
सानो पाइला बचत तथा क्रृण सहकारीको रकम हिनामिनामा उनको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पर्सा झिकाएको हो ।
गत बुधबार लामिछानेसहित अन्य १४ जनामाथि आवश्यक अनुसन्धानका लागि पक्राउ गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।