ट्रेन्डिङ

रविलाई सिमरा ल्याँइदै, विमानस्थल बाहिर समर्थकको प्रदर्शन

सुरक्षा व्यवस्था कडा

बीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा ल्याइदैँछ । उनलाई बुद्ध एयरको विमानमार्फत सिमरा ल्याइने तथा त्यसपछि बीरगन्ज ल्याइने प्रहरीले जनाएको छ ।

बीरगन्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेको थियो ।

सोही बमोजिम पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न बुधबार अनुमति दिएसँगै बयानका लागि बीरगन्ज ल्याउने तयारी भएको हो ।

रविलाई यहाँबाट सरकारी वकिल कार्यालयमा लगेर बयान लिने तयारी छ ।

यसैबिच सिमरा विमानस्थल बाहिर रास्वपा समर्थकले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डरायो डरायो दुइ तिहाइ डरायो, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ लगायतका नारा लगाउँदै विमानस्थल अगाडी प्रदर्शन गरिरहेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई पर्सा ल्याउने भएपछि सिमरा विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक परिचालन गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै