ट्रेन्डिङ

रवि लामिछानेलाई आज साढे २ बजेको विमानमार्फत पर्सा ल्याइने

छवि र रामबहादुरलाई राती नै प्रहरीले बीरगन्ज ल्यायो

बीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बीरगन्ज ल्याइदैँछ । उनलाई आज दिउँसो साढे २ बजेको विमानमार्फत बीरगन्ज ल्याउने तयारी भएको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना मुद्दाबारे आवश्यक अनुसन्धान गर्न उनलाई यहाँ ल्याइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि सानो पाइलाको बचत रकम हिनामिना प्रकरणबारे अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको छ । उनीसहित १४ जना विरुद्ध बुधबार सानो पाइलाको रकम अपचलन गरेको मुद्दामा हिरासतमा राखि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले पर्सा प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौँदेखि पर्सा ल्याइने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई गएराती नै सवारीमार्फत बीरगन्ज ल्याइएको छ ।

रवि, छवि र रामबहादुर तीनै जनालाई पर्सा प्रहरीले हिरासतमा राखेर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराउने तयारी गरेको छ ।

यहाँको अनुसन्धान सकिएलगत्तै उनीहरुलाई पूनः पोखरा फर्काइने पर्सा प्रहरीका प्रमुख कुमोध ढुङ्गेलले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै